हेमजामा वडास्तरीय फुटबल जारी, 'आयोजक निलो' सेमिफाइनल प्रवेश

पाेखरा | जेठ १३, २०८२

हेमजामा वडास्तरीय फुटबल जारी, 'आयोजक निलो' सेमिफाइनल प्रवेश

पोखरा महानगरपालिका वडा २५ हेमजामा जेष्ठ १० गतेदेखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ ।
 

सोमबार भएकाे पहिलो खेलमा वडा १३ ले र १४ लाई​ २–० गोलको अन्तरले पछि पार्दै आगामी यात्रा तय गर्याे ।  

 

आयोजक वडा २५ निलो र वडा २० बीच  भएको पहिलो क्वाटरफाईनलको खेलमा ४–० गोल अन्तरले हराउँदै वडा २५ निलो सेमिफाइनल प्रवेश गरेको छ ।

 

उक्त खेलमा वडा २५ का राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
 

आ​जकाे पहिलो खेल वडा न.५ र २५ रातो बीच हुनेछ । दोस्रो वडा न.१  र  ६ बीच विहान १० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिए ।

 

१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार  ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

 

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिनेछ  ।

 

साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
 

खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान(गौरी)मा सञ्चालन हुनेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्